बैंक अफ काठमाण्डूको कार्डबाट ई-कर्मस कारोबारमा क्यासव्याक योजना

३ बर्ष अगाडि

बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण ई९कर्मस कारोबारमा नगदफिर्ता योजना ल्याएको छ । 

बैंकको कार्डबाहकहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १०% वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउनेछन् । यस नगदफिर्ता योजना यहि भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ  र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुनपर्नेछ । यदि कोहिको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहकहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्नेछन् ।  

बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहकहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरिरहेका छन् । पछिल्लो समय कार्डबाट हुने विद्मुतिय भुक्तानी कारोबारमा यस बैंकको ग्राहकहरुको रुची वृद्धि भईरहेको छ । 

यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहकहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ । यस नगदफिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहकहरुलाई फाईदा लिन बैंक आव्हान गर्दछ । 

विद्मुतिय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहकहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया