गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई

३ बर्ष अगाडि

काठमाडौं- गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्रकुमार राई नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले संस्थापक सञ्चालक राईलाई अध्यक्षमा नियुक्त गरेको छ। आज मंगलबारबाट उनको नियुक्ति लागू भएको छ। 

यसअघि कम्पनीको अध्यक्ष पदबाट गौरव बुढाथोकीले राजीनामा दिएका थिए। उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक समितिमा राजीनामा पेस गरेका थिए। 

सोमबारको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृति गरिसकेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया