प्रतिनिधिसभाको बैठकमा सांसदले नयाँ स्टक एक्सचेञ्ज बारे प्रश्न गरेका छन । मंगलबारको बैठकमा सांसदहरूले नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै लैजानुपर्नेमा अनाधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको भन्दै केहि सांसदले आपत्ति जनाएका हुन ।
सांसद कृष्णप्रसाद दाहालले कमिसनको खेलमा नयाँ स्टक एक्सचेञ्जलाई अनुमति दिन लागिएको बताए ।
‘हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा सरकारले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागेको छ’ दाहालले भने ‘नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर एक अर्बमा सीमित हुन लागेको छ’ ।
सांसद दाहालले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्नसमेत माग गरे ।
प्रतिक्रिया