हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कुन ?

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार दोहोरो अंकले घटेको छ ।  अघिल्लो दिन सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक आज २१.२२ अंकले घटेर १९५१.७९ को  विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से सूचक घटेपनि आज कारोबार रकम अघिल्लो दिनको तुलनामा बढ्न पुगेको छ । आज नेप्सेमा ३२ लाख ९ हजार ९८३ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब १९ करोड रुपैंयामाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर ९ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, रिडी हाइड्रोपावरको ९ करोड ११ लाख, सानिमा माई हाइड्रोपावरको ८ करोड ५५ लाख, नबिल बैंकको ५ करोड ६६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया