बीमा विद्येयक राष्ट्रिय सभाबाट स्वीकृत

३ बर्ष अगाडि

बीमा विद्येयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विद्येयक माथि विचार गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए । विद्येयक माथि छलफल गरेर सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको हो ।

अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित छलफल गरेर संसदबाट बीमा विद्येयक २०७९ साउन २९ गते पारित भएको थियो ।

मन्त्री शर्माले भने 'विद्ययेक उल्लेखित भएको व्यवस्थालाई बढी व्यवहारिक र समय सापेक्षा बनाउन सरकार सधै सकरात्क रहेको छ। विभिन्न चरणमा अर्थमन्त्रालय बीमा समिति तथा सरोकारवालाहरु सबैसँग छलफल गरिएको थियो । त्यसबाट प्राप्त सुझावहरुलाई समेटि विद्ययेकत तयार भएको हो ।'

बीमाको लागि सबै विषय बीमा विद्ययेकमा समेटिएको जानकारी गराउदै उनले भने,'अन्तराष्ट्रिय बीमा अभ्यास अनुसार विद्येयकमा बीमा नियमन, बीमा व्यवसाय, बीमा करार, बीमित सहिद संरक्षण, बीमा अपराधको रुप र सजाय, सहयोगी संस्थाको निमार्ण लगायतको विषय समेटिएका छन् ।'

लघुबीमाले ग्रामिण क्षेत्रमा पहुँच पुर्याउने भएकाले लघुबीमा सम्बन्धी व्यवस्था रहेको पनि उनले जानकारी गराए ।

यस्तै उनले विद्येयकले स्वास्थ्य बीमा ऐनलाई कुनै हस्तक्षेप नगरेको पनि जानकारी गराए ।

बीमा विद्येयक राष्ट्रिय सभाबाट पारित भएर राष्टपतिद्धारा स्वीकृत भएपछि ऐनको रुपमा लागू हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया