प्राइम कमर्सियल बैंकको ५० लाख इकाइ नेप्सेमा सूचीकृत

३ बर्ष अगाडि

काठमाडौं,  प्राइम कमर्सियल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

नेप्सेमा प्राइम कमर्सियल बैंकको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर–२०८४’ सूचीकृत भएको हो। यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएको छ। 

प्राइम बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०।१५ प्रतिशत ब्याज पाउँछन्। 

बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको थियो। 

३ बर्ष अगाडि

प्रतिक्रिया