काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ४.२९ अंक घटेर १९७३.०१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१२ अंक बढेर १९७४.१३ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा १५ स्टकको १ लाख ६४ हजार ७५५ रुपैयाँ बराबरको ३१४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० वटा स्टकको मूल्य बढेको छ भने ५ वटाको घटेको छ।
प्रतिक्रिया