कुमारी क्यापिटल ५ प्रतिशत लाभांश पारितसहित साधारण सभा सम्पन्न, चुक्ता पुँजि ४० करोड

३ बर्ष अगाडि

कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा भाद्र २० गते (सोमबार) सम्पन्न भएको छ । सभा कम्पनिको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थित बैंकको केन्द्रिय कार्यालयमा सम्पन्न भयो । 

उक्त सभामा कम्पनिको आ. व. २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारित भयो ।

सभाले कम्पनिको हाल कायम चुक्ता पुँजि रु. ४० करोड को ५ प्रतिशतले हुन आउने रु. २ करोड  नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ ।

अन्तमा, सभाका अध्यक्षले कम्पनिले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पु¥याउने विश्वास दिलाउँदै शेयरधनि कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुका साथै आगामि दिनहरुमा अझ बढि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे  ।

३ बर्ष अगाडि

प्रतिक्रिया