इष्टर्न हाइड्रोपावरको ६ लाख २० हजार कित्ता आईपीओमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म दिन सकिने ?

३ बर्ष अगाडि

काठमाडौं, इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने मिति थप भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको सो आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर निष्काशसन गरेको हो। कम्पनीको सो आईपीओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

३ बर्ष अगाडि

प्रतिक्रिया