बाँदरबाट जोगाउन हरिया मकै काट्दै

३ बर्ष अगाडि

पाल्पाको बगनासकाली गाउँपालिका–८ बराङ्गदीकी केशरी बस्याल, बाँदरबाट जोगाउन हरिया मकै काट्दै । यहाँ बाँदरको समस्याले कृषकहरुले मकै बोटमा पाक्न नपाउँदै काट्न बाध्य भएका छन् । हरिया मकै काट्दा विउको रुपमा राख्न नसकिने, घुन र पुत्लाले समेत खाने भएकोले किसानहरु मर्कामा परेका छन् । बगनासकालीमा नौ सय २८ हेक्टर मात्र खेतीयोग्य जमिन छ । यहाँका कृषकहरुको मुख्य बाली मकै भएपनि स्याहार्न पाएका छैनन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया