शेयर बजारमा सामान्य अंकको गिरावट, कारोबारमा रकम करोडमै सिमित

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । 

प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले बढेको भए पनि कारोबारको अन्तिम समयसम्म पुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४.२९ अंकले घटेर १९७३.०१ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयर बजारमा गिरावट आएसँगै आज शेयरको मात्रा र कारोबार रकम समेत घट्न पुगेको छ । आज २४ लाख ४४ हजार ३४४ कित्ता शेयर खरिदबिक्री हुदाँ जम्मा ९० करोड ९९ लाख रुपैयाँमाथि कारोबार भएको छ । 

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२४ स्टकको २१ हजार ४७१ पटकको कारोबारमा ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशत बढेको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिडी पावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रु रु जलविद्युत परियोजनाको शेयरमूल्य यस दिन सर्वाधिक ६.५५ घटेको छ। त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स र नबिल बैंकको साढे ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ। त्यसैगरी, म्युचुअल फण्डको ०.९२ प्रतिशत, वित्तको ०.५९ प्रतिशत र लगानीको ०.५० प्रतिशत घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया