काठमाडौं- साताको दोस्रो कारोबारको दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।
प्रि–ओपनिङ्ग सेसनमा सामान्य अंकले बढेको भए पनि कारोबारको अन्तिम समयसम्म पुग्दाँ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ४.२९ अंकले घटेर १९७३.०१ को विन्दुमा कायम हुन पुगेको छ ।
शेयर बजारमा गिरावट आएसँगै आज शेयरको मात्रा र कारोबार रकम समेत घट्न पुगेको छ । आज २४ लाख ४४ हजार ३४४ कित्ता शेयर खरिदबिक्री हुदाँ जम्मा ९० करोड ९९ लाख रुपैयाँमाथि कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर ९ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख, नबिल बैंकको ४ करोड ५६ लाख, नेष्डो समृद्ध लघुवित्तको २ करोड ८५ लाख र नेपाल टेलिकमको २ करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया