साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे साढे ४ अर्ब बीमा शुल्क

३ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब साढे ४ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ वटा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४९.६८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

कुल बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी शिर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको साउन महिनामा सबैभन्दा धेरै ८४ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको १८.८३ प्रतिशत हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया