बैंक तथा फाइनान्सहरुको मुद्दती निक्षेपमा राष्ट्र बैंकले २ अर्ब लगानी गर्ने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रिय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख, विकास बैंकहरुमा ३० करोड र फाइनान्स कम्पनीहरुमा १० करोड गरी कुल २ अर्ब ५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

केन्द्रिय बैंकले उक्त निक्षेप २०७९ असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २२ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया