११ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

३ बर्ष अगाडि

काठमाडौं - पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार पछिल्लो एक साता ९भदौ ११ गतेदेखि भदौ १७ गतेसम्म०को अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अबै रुपैयाँले बढेको हो । 

योसँगै भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो । 

यसैगरी यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ । गत भदौ १० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा भदौ १७ गतेसम्म बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । 

निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियोमा पनि सुधार आएको छ । गत भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.४२ प्रतिशत रहेकोमा भदौ १७ गतेसम्म घटेर ८८.२५ प्रतिशतमा झरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया