काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकको अनुमति प्राप्त गरेको छ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट भदौ १९ गते नेपालको पुँजीबजारमा विशिष्टीकृत लगानी कोषअन्तर्गत विभिन्न कोषहरु सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हो ।
यो सँगै विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियमकानुनको अधिनमा रही कोष व्यवस्थापकले कोष दर्ताको प्रक्रिया अगाडि बढाउनेछ र इकाइ बिक्रीमार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका सेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्नेछ ।
प्रतिक्रिया