प्रि ओपन सेसनमा बढ्यो नेप्से, १ हजार कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६.६८ अंक बढेर १९७७.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १ अंक बढेर १९७८.३० विन्दुमा पुगेको छ। 

सोमबार प्रि ओपन सेसनमा १५ स्टकको ४ लाख १७ हजार ७८१ रुपैयाँ बराबरको १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ वटा स्टकको मूल्य बढेको छ भने ५ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया