खप्तड लघुवित्तको आईपीओ नतिजा कसरी हेर्ने ?

३ बर्ष अगाडि

काठमाडौं - खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । खप्तड लघुवित्तको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो । 

अन्तिम दिनसम्म आईपीओमा परेका कुल आवेदन १७ लाख ८४ हजार ६२५ आवेदकबाट १ करोड ९४ लाख १० हजार ६२५ कित्ता सेयर प्रमाणीकरण भएका छन् । जसमा १७ लाख ८३ हजार ७४ आवेदकबाट परेको १ करोड ९३ लाख ९४ हजार २२० कित्ता सेयर भएको छ भने १ हजार ५५१ आवेदकबाट परेको १६ हजार ७०० कित्ता बदर भएको छ । 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट भाग्यमानी १२ हजार ३४० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँकी सदरमध्ये १७ लाख ७० हजार ७३४ आवेदकको हात खाली भएको छ । 

आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ । अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल र धितोपत्र बिक्रीकर्ता कम्पनी खप्तड लघुवित्तको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ । 

लघुवित्तले गत भदौ ८ गतेदेखि भदौ १२ गतेसम्मबाट आईपीओ बिक्री गरेको थियो । संस्थाले १०० अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । 

कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने २ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया