काठमाडौं - अब सिद्धार्थ बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै सी–आस्बा सेवा निःशुल्क गरिएको जानकारी गराएको हो ।
अब सिद्धार्थ बैंकमा खाता भएका ग्राहकहरुले आईपीओ भर्दा सी–आस्बा शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले ग्राहकलाई सी–आस्बा सेवा प्रदान गरेबापत १० रुपैयाँ लिँदै आएको थियो ।
सिद्धार्थ बैंकले सी–आस्बा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ७ पुगेको छ ।
प्रतिक्रिया