सांग्रिला डेभलपमेन्ट बैंकका सीईओको नयाँ कार्यकाल सुरु

३ बर्ष अगाडि

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको भदौ १९ गतेबाट नयाँ कार्यकाल सुरु भएको छ । 

बैंक सञ्चालक समितिको गत भदौ ५ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो । उनको कार्यकाल आजबाट ४ वर्षका लागि थपिएको छ । 

ग्राहकको अधिकतम सुविधालाई मध्यनजर गर्दै आजैबाट बैंकले सांग्रिला कस्टमर केयर शुभारम्भ गरी ग्राहकको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया