काठमाडौं - एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फन्डको प्रतिफल वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ ।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको सञ्चालक समितिको बैठकले यो फन्डको प्रतिफल वितरणार्थ यही भदौ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसको अर्थ भदौ २८ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो फन्डको प्रतिफल पाउन योग्य हुनेछन् ।
योजनाको लेखापरीक्षण कार्य सम्पन्न भएलगत्तै योजना व्यवस्थापन एनआईबिएल एस क्यापिटलको गत भदौ ९ गते अपराह्न बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ का लागि एनआईबिएल प्रगति फन्डको लाभांश घोषणा गरेको थियो ।
बैठकले यो योजनाका इकाइधनीहरुलाई करसहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया