काठमाडौं - ओरियन्टल होटल लिमिटेडले असोज १३ गते, बिहीबार, २५ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रर्दशनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
सो सभा भर्चुअल माध्यमबाट समेत सञ्चालन हुने होटलले जनाएको छ । सभाले असार मसान्तसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ होटलले भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया