श्रृजनशील लघुवित्तको आईपीओमा १९ लाख बढीको आवेदन, २ करोड ९ लाख बढी कित्ता शेयर खरिदमाग

३ बर्ष अगाडि

काठमाडौं- श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओमा १९ लाख बढीको आवेदन परेको छ ।

 सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबारसम्ममा १९ लाख ५ हजार १८६ जना आवेदनबाट २ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ बराबरको २ करोड ९ लाख ६४ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले भदौ १५ गते बुधबारदेखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्कासनमा ल्याएको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ६८ हजार ५९० कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

आइतबारसम्म लघुवित्तको आइपीओमा आवेदन गर्ने अन्तिम दिन हो। बेलुका पाँच बजेसम्मको तथ्याँक हेर्दा कुल आवेदकमध्ये १५ लाख ३६ हजार ५९६ आवेदकको हात खालि हुने देखिन्छ। तर यसमा भौतिक रुपमा आवेदन गरेका केहि आवेदकको आवेदन थप हुन सक्छ भने केहि आवेदन रद्द हुन सक्छ। यसमा अन्तिम तथ्याँक भने केहि फरक पर्न सक्छ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने बिओके क्यापिटलले लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया