राष्ट्र बैंकले भोलि ६ अर्ब २६ करोडको ट्रेजरी बिल जारी गर्दै

३ बर्ष अगाडि

काठमाडौं, नेपाल राष्ट्र बैंकले भोलि (भदौ १९ गते) ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले ९१ दिने र ३६४ दिने ट्रेजरी बिल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल मंसिर २६ गते परिपक्व हुनेछ। 

यसैगरी राष्ट्र बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल २०८० भदौ १९  गते परिपक्व हुनेछ। यी ट्रेजरी बिलको भोलि सोमबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। 

बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

३ बर्ष अगाडि

प्रतिक्रिया