शाओमी नेपालको दशैं “दशMi अफर”

३ बर्ष अगाडि

काठमाडौं,  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि ल्याएको छ आश्चर्यजनक अफरहरु । एक महिना लामो यो ३दशःष् क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि 3दशMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नेछन् । 

शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष #दशMi अफर ल्याएको छ । #दशMi क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S 65" को tv, चार जनाले MI को 43" को Tv, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light / Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउनेछन् । 

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडा भन्छन्, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा Mi फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।”

दशMi अफर

यदि तपाईंहरु पनि नयाँ फोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने ३दशःष् अफरमा भाग लिइ थुप्रै उपहारहरु जित्ने मौका पाउनुहोस् । अफरहरू भाद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुनेछ ।  यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया