प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले पाए मर्जरको लागि सैद्धान्तिक स्वीकृत

३ बर्ष अगाडि

काठमाडौं, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई राष्ट्र बैंकले मर्जर स्वीकृति दिएको छ । प्रारम्भिक सम्झौता गरिसकेको दुई बैंकलाई राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक स्वीकृत दिएको हो ।

मर्जरमा प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गरर्ने सहमतीका साथ प्रारम्भिक सम्झौता भईसकेको छ। प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छ। प्रमुख कार्यकारीमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउने छन्।

सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजीको बैंक निर्माण हुने छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया