काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सामान्य अंकले बढेको छ । धेरै उतारचढावकाबीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६८ अंकले बढेर १९७७.३० को विन्दुमा कायम हुन पुगेको छ ।
आइतबार रु रु जलविद्युत परियोजनाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन सो स्टकको मूल्य ८९ रुपैयाँ ५० पैसा बढेर ९८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने जोशी हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ।
यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावटदर भने कम रहेको छ। कारोबारमा आएको सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य यस दिन करिब ३ प्रतिशत घटेको छ।
प्रतिक्रिया