काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा सामान्य अंकले बढेको छ । धेरै उतारचढावकाबीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६८ अंकले बढेर १९७७.३० को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन । आज शेयरबजारमा २८ लाख ७६ हजार २८८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ७ करोड रुपैंया बढीको कारोबार भएको छ ।
सो रकम बराबरको काराबोर हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ८ करोड ९१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनटिसीको ६ करोड ५३ लाख, नबिल बैंकको ६ करोड ३० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ७८ लाख र हिमालय डिस्टिलरीको ३ करोड ९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया