खप्तड लघुवित्तको आईपीओ बाँडफाँड भोलि, भाग्यमानी कति ?

३ बर्ष अगाडि

काठमाडौं - खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भोलि सोमबार बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा भोलि सोमबार बिहान १० बजे बाँडफाँड हुने भएको हो ।

लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

त्यस मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट न्यनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १२ हजार ३४० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया