कामना सेवा विकास बैंकको ‘केएस डिजिटल विक’ सार्वजनिक, के छ विषेशता ?

३ बर्ष अगाडि

काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आजदेखि भदौ २४ गतेसम्म ‘केएस डिजिटल विक’ सार्वजनिक गरेको छ ।  

‘नगद छोडौँ, डिजिटल रोजौँ’ कार्यक्रमअन्तर्गत यस केएस डिजिटल विकमा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम रु. ५० वा १५ प्रतिशत बोनसबापत कामना सेवा बैंकमा रहेको आफ्नो खातामार्फत प्राप्त गर्न सक्नेछन् । 

यसका साथै बैंकका ग्राहकले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । आइएमई पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी रु. १०० सम्मको क्यास ब्याकलगायत अन्य थुप्रै डिस्काउन्ट र आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ ।  

बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स फोनपे, एफवानसफ्ट, एनसीएचएल, भिसा, आइएमईपे र खल्ती डिजिटल वालेटसँग संयुक्त साझेदारीमा ल्याएको हो ।

बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । यसका साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको ‘डिजिटल पेमेन्ट इअर’ लाई टेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया