असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने

३ बर्ष अगाडि

काठमाडौं - आगामी असोज महिनाबाट शुक्रबार सेयर कारोबार नहुने भएको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्कीले आगामी असोज महिनाबाट शुक्रबारका दिन सेयर कारोबार नहुने जानकारी गराएका हुन् ।

हाल आइतबारदेखि शुक्रबारसम्म सेयर कारोबार भइरहेको छ । शुक्रबारका दिन भने २ घन्टामत्रै सेयर कारोबार हुने गरेको छ । 

यसअघि गत जेठमा सरकारले परीक्षणका रुपमा सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसपछि नेप्सेले पनि आइतबारबाट सेयर कारोबार बन्द गरेर शुक्रबार गर्ने निर्णय गरेको थियो ।

पछि चौतर्फी आलोचना भएपछि सरकारले साउनबाट आइताबर सार्वजनिक बिदा दिने निर्णय खारेज गर्यो । तर नेप्सेले भने शुक्रबारको कारोबार २ घन्टामा छोट्याउँदै नियन्तरता दिइरहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया