प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से, ३१६ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।

आइतबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख ६८ हजार ९९६ रुपैयाँ ५९ पैसा बराबरको ३१६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया