११ सहकारीद्धारा एकीकरणमा जाने सम्झौता

३ बर्ष अगाडि

काठमाडौं - सहकारी संस्था संस्थाहरु एकीकरणमा जान थालेका छन् । संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरु एकीकरणमा जान थालेका हुन् ।

काठमाडौंमा शनिबार एक कार्यक्रमबीच ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् । एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाण्डौको न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुस्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था छन् । 

त्यस्तै तारकेश्वरस्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंकीस्थित उषाकिरण बचत तथा ऋण सहकारी संस्था, हात्तीसारस्थित माउन्ट अपी बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वरस्थित सूर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोडस्थित हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, न्युरोडकै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया