मागबमोजिम आवेदन नपरेकाले सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने समय लम्बियो, कहिलेसम्म ?

३ बर्ष अगाडि

काठमाडौं - सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ । 

कमपनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो । यो आईओपीमा मागबमोजिम आवेदन नपरेका कारण अब असोज ४ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपब बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

कम्पनीले १०० अंकित दरमा कुल ३६ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र रसुवाको आमाछोदिङमो गाउँपालिका–५ चिलिमे र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका–४ गोल्जुङ तथा सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडा १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन पाउनेछन् । 

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

यस आईपीओको सहनिष्कासनकर्तामा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया