सञ्चालनमा आयो ‘सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड्स’

३ बर्ष अगाडि

काठमाडौं - सीबीआईएल क्यापिटल लिमिटेडद्वारा लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना ‘सीबीआईएल पोर्टफोलियो अफ म्युचुअल फन्ड्स’ सञ्चालन गरिएको छ । यो एउटा पृथक् एवं नवीनतम अवधारणामा आधारित योजना रहेको कम्पनीले बताएको छ ।

यो योजनामार्फत ग्राहकलाई कम जोखिममा उच्च प्रतिफल प्रदान गर्ने लक्ष्य लिइएको छ । यस योजना अन्तर्गत न्यूनतम लगानी रू। ३ लाख बराबरको रकम वा शेयर, न्यूनतम अवधि २ वर्ष र वार्षिक सेवा शुल्क ० दशमलव ५० प्रतिशत (उद्योगमा सबैभन्दा कम शुल्क) रहेको छ ।

योग्य जनशक्तिद्वारा सञ्चालित, अनलाइनमार्फत दैनिक रूपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन, सामूहिक लगानी कोषहरू तथा प्राथमिक निष्कासनमा लगानी यो योजनाका विशेषता रहेको कम्पनीले बताएको छ । 

यो योजनाको सेवा लिन ग्राहकले सीबीआईएल क्यापिटल लिमिटेड बाटुलेघर वा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको डिल्लीबजारस्थित कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया