स्रोत नखुलेको ३९ लाख ५० हजार बढि सहित एक जना पक्राउ

३ बर्ष अगाडि

काठमाडौं - स्रोत नखुलेको ३९ लाख ५० हजार ५०० रूपैयाँ नगदसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंगाको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको ना ४ ख ९६७४ नम्बरको बसबाट नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ६ का २२ वर्षीय टिकाराम भट्टराईलाई पक्राउ गरेको हो ।

टिकारामलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार हरियो रङको झोलाभित्र रहेको रकमसहित भट्टराई पक्राउ परेका हुन्। 

भट्टराईबाट प्रहरीले झोला, नगद र एकथान मोबाइल बरामद गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया