क्रोएसिया २५० नेपाली कामदारलाई रोजगारको अवसर, मासिक तलब एक लाख ३२ हजार बढि

३ बर्ष अगाडि

काठमाडौं - क्रोएसियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ ।  क्रोएसिया सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि २५० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब एक लाख ३२ हजार बढि पाउनेछ । इच्छुक कामदारले दि ग्लोबल रिक्रुटमेन्ट एजेन्सी प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा साउन भदौ २६ र २७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया