नेपाल पुनर्बीमा बोनस शेयर नेप्सेमा समायोजन, कति तोक्यो ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनस शेयरपछिको मूल्य तोकिदिएको छ । 

नेप्सेले कम्पनीले लाभांश प्रयोजनका लागि तोकेको बुक क्लोजको आधारमा भदौ १७ गतेनै मूल्य समायोजन गरेको हो । कम्पनीले यस वर्षको लागि वितरण गर्ने प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । 

नेप्सेले कम्पनीको भदौ १७ गते कायम अन्तिम शेयरमूल्य ६९५ को आधारमा ५ प्रतिशत बोनस शेयरपछिको मूल्य रू। ६६१.९० तोकेको हो । आइतबार नेप्सेले तोकेको समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया