काठमाडौं - नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा यो साता एक कम्पनीको आईपीओ र २ कम्पनीको ऋणपत्रसहित ३ कम्पनीको शेयर सूचिकृत भएको छ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओ सनथै सानिमा बैंक र एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ । यो सँगै बुधबारबाट कारोबारमा आउने भएको छ ।
कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ । कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सानिमा बैंक
सानिमा बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘१०।२५ प्रतिशत सानिमा डिबेन्चर–२०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
यो बैंकको १ हजार अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको थियो ।
एसबिआई बैंक
नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा नेपाल एसबिआई बैंकको ‘१०.२५५ नेपाल एसबिआई बैंक ऋणपत्र–२०८३’ सूचीकृत भएको हो ।
यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख १ हजार ४८२ इकाइ सूचीकृत भएको छ । बैंकले यो ऋणपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरेको थियो ।
यो ५ वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन् ।
प्रतिक्रिया