नेपाल एसबिआई बैंकको ऋणपत्र भोलिबाट कारोबार योग्य हुने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल एसबिआई बैंकले सर्वसाधारणमा बिक्री गरेको ऋणपत्र धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेको छ । 

कम्पनीले असार २२ गतेदेखि साउन ४ गतेसम्म बिक्री गरेको ऋणपत्र धितोपत्र दोस्रो बजारमा सूचीकृत गरेको हो । उक्त अवधिभित्र वितरण भएको कुल २४ लाख १ हजार ४८२ कित्ता ऋणपत्र भदौ १७ गते सूचीकृत गरिएको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको छ । 

कम्पनीले ५ वर्षे अवधिको वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ नामको ऋणपत्र सूचीकृत गरेको हो । नेप्सेले एसआईबिडी८३ को संकेतबाट कम्पनीको ऋणपत्र सूचीकृत गरेको हो ।

यो ऋणपत्र भदौ १९ गते आइतबारदेखि कारोबार योग्य हुने भएकाले सम्बन्धित ऋणपत्रधनीहरूले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्ने जानकारी कम्पनीले दिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया