काठमाडौं - बीमा समितिले अभिकर्ता तथा बीमा मध्यस्थकर्ताको परिक्षाको छुट्टै कार्यविधि बनाउन गठन गरेको बीमा मध्यस्थकर्ताहरुको परिक्षा सम्बन्धी कार्यविधि २०७९, मस्यौदा उप समितिको दोश्रो बैठकले परिक्षाको प्रारुप सम्बन्धमा छलफल गरेको छ ।
अभिकर्ता इजाजत पत्रको लागी संचालन गरिने परिक्षाको पाठ्यक्रम, परिक्षाको कार्यविधि, परिक्षा नियन्त्रण प्रणाली, उतीर्ण हुनको लागी आवश्यक पर्ने अंक भारबारे उप समिति सदस्यहरुबीच शुक्रबार छलफल भएको बैठकमा सहभागीले एक सदस्यले जानकारी दिए ।
उप समितिले पहिलो चरणमा बीमा अभिकर्ता इजाजत पत्रको लागी परिक्षा संचालनको लागी आवश्यक सुझाव तयार पारिरहेकोे छ । बीमा समितिले अनलाइन माध्यमबाट परिक्षा संचालन गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया