काठमाडौं - नेपाल राष्ट्र बैंकले चाडपर्वलक्षित नयाँ नोट वितरण गर्ने विषयमा छलफलको कार्यलाई तीव्रता दिइरहेको छ ।
सम्भव भएसम्म भदौ २९ गतेबाट नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गतेबाटै नयाँ नोट दिने कि भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
राष्ट्र बैंकले हरेक वर्षको चाडपर्वमा नयाँ नोट वितरण गर्दै आएको छ। राष्ट्र बैंकका अनुुसार ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट प्रतिव्यक्तिलाई १८ हजार ५०० रुपैयाँ दिइने छ ।
प्रतिक्रिया