१२ कक्षाको ग्रेड वृद्धिको परीक्षा असोज ३० र ३१ गते

३ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था गरिएको उनले जानकारी दिए । त्योभन्दा कम अङ्क ल्याएको खण्डमा पुनःपरीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

उनका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।

तीमध्ये नतिजामा चार हजार १७९ जनाले ३.६१ देखि ४ जिपिए, ३० हजार १०७ जनाले ३.२१ देखि ३.६० जिपिए, ६५ हजार २८४ जनाले २.८१ देखि ३.२० जिपिए, ६४ हजार ९३ जनाले २.४१ देखि २.८० जिपिए, १० हजार ९०० जनाले २.०१ देखि २.४० जिपिए र ३५ जनाले १.६१ देखि दुई जिपिए ल्याएका छन् ।

१ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेको बोर्डले जनाएको छ । त्यसमध्ये १ लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् । दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनःग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

बोर्डले यस वर्षको नतिजामा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने १ लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरी आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा शर्माले जानकारी दिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया