काठमाडौं - सिद्धार्थ बैंक लिमिटेड ‘एक्सिलेन्स इन प्रिपेड कार्ड बिजनेस–२०२२’ अवार्डबाट सम्मानित भएको छ । भिासद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।
भिसाअन्तर्गत रहेका नेपालका बैंकहरुमध्ये प्रिपेड कार्ड व्यवसायमा उत्कृष्ट अभिवृद्घि र उपलब्धि हासिल गरेको आधारमा बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
सिद्धार्थ बैंकलाई यसअघि पनि भिसाले ग्राहकको आवश्यकताअनुसार नयाँ आइडियालाई अवलम्बन गरी कार्ड सेवालाई अझ प्रभावकारी बनाएको आधारमा ‘एक्सिलेन्स इन ड्राइभिङ इनोभेसन’ अवार्डबाट सम्मानित गरेको थियो ।
आफ्ना ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको छ। यस खुसीका अवसरमा बैंकले अटुट सहयोगका लागि आफ्ना ग्राहक, सरोकारवाला र सम्पूर्ण शुभचिन्तकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
प्रतिक्रिया