काठमाडौं, खप्तड लघुवित्तको आइपीओ सोमबार (भदौ २० गते) बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओको प्रि अलोटमेन्ट बिहीबार सम्पन्न भएको छ । सोमबार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तय भएको प्रभु क्यापिटलले जनाएको हो ।
लघुवित्तले भदौ ८ गतेबाट १२ गतेसम्म कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ५५ अर्थात् ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार अन्तिम दिन अर्थात भदौ १२ गते साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जना आवेदकले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा निकै धेरै आवेदन परेका कारण खप्तडको आइपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ ।
गोलाप्रथाबाट बाँडफाँट गर्दा १२ हजार ३४० जना आवेदकले मात्र १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।
प्रतिक्रिया