काठमाडौं - नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
नेपाली बजारपुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल नेपालमै पहिलोपटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दीर्घकालीन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङमा समन्वय गर्ने उद्देश्यले स्थापित संस्था नेपाल वेयरहाउजिङ कम्पनीको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता आईपीओको बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एक समारोहबीच हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र नेपाल वेयरहाउजिङ कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया