काठमाडौं - आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ ।
नेप्सेमा नेपाल एसबिआई बैंकको ‘१०.२५५ नेपाल एसबिआई बैंक ऋणपत्र–२०८३’ सूचीकृत भएको हो । यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २४ लाख १ हजार ४८२ इकाइ सूचीकृत भएको छ ।
बैंकले यो ऋणपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरेको थियो । यो ५ वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १०।२५ प्रतिशत ब्याज पाउनेछन् ।
प्रतिक्रिया