पाइपलाइनमा अरुण काबेली पावरको १ अर्ब ८५ करोड बढिको हकप्रद

३ बर्ष अगाडि

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अरुण काबेली पावर लिमिटेडको हकप्रद पाइपलाइनमा राखेको छ । 

विद्युत नियमन आयोगले अरुण काबेली पावरलाई हकप्रद निष्कासनको पूर्वस्वीकृति दिएपछि मात्र सेबोनले पाइपलाइनमा राखेको हो । यसअघि अरुण काबेली पावरले हकप्रद निष्कासनको अनुमति माग्दै सेबोनमा गत वर्ष कात्तिक २८ गते नै निवेदन थियो । 

तर, विद्युत नियमन आयोगले स्वीकृति प्रदान गर्न बाँकी रहेका कारण सेबोनले पाइपलाइनमा राखेको थिएन । विद्युत नियमन आयोगले गत भदौ १२ गतेमात्रै अरुण काबेलीलाई चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको थियो । 

आयोग स्वीकृति दिएसँगै सेबोनले अरुण काबेलीको हकप्रद पाइपलाइनमा राखेको हो । अब सेबोनले स्वीकृति प्रदान गरेमा अरुण काबेलीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँबराबरको हकप्रद आफ्ना सेरधनीहरुलाई बिक्री गर्नेछ । 

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता जारी गर्नेछ । यो हकप्रदको बिक्री प्रबन्धकमा नेपाल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया