प्रि ओपन सेसन : साढे १ अंक घट्यो नेप्से परिसूचक, ३५१ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेको छ ।

अघिल्लो कारोबारको दिन बिहीबार १.०८ अंक घटेर १९७२.२९ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.५२ अंक घटेर १९७०.७८ विन्दुमा झरेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ ।

शुक्रबार प्रि ओपन सेसनमा ११ स्टकको १ लाख २७ हजार २४१ रुपैयाँ २९ पैसा बराबरको ३५१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ । 

बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया