समृद्धि फाइनान्सले पायो बजार निर्माताको अनुमति

३ बर्ष अगाडि

काठमाडौं । समृद्धि फाइनान्सले नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशित बचतपत्र  र नागरिक बचतपत्रको  प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘बजार निर्मातासम्बन्धी कार्यविधि, २०७० (दोस्रो संशोधन २०७६ बमोजिम)’ गर्ने गरी इजाजत प्राप्त गरेको छ । 

राष्ट्र बैंकले लामो अवधिका ऋणपत्रहरुको प्राथमिक एवं दोस्रो बजार कारोबारलाई प्रवर्द्धन गर्ने तथा व्यवस्थित बनाउने उद्देश्यले वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरुलाई हाल निष्काशन हुने तथा भइरहेका राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार मात्र गर्ने एवं भविष्यमा नेपाल सरकारका तर्फबाट निष्काशन हुने अन्य ऋणपत्रको समेत प्राथमिक तथा दोस्रो बजार कारोबार “बजार निर्मातासम्बन्धी कार्यविधि, २०७० (दोश्रो संशोधन २०७६ बमोजिम)” वित्तीय कारोबार गर्ने इजाजतपत्रप्राप्त संस्थाहरुलाइ इजाजत प्रदान गर्ने प्रावधान रहेको छ । 

सोहीबमोजिम समृद्धि फाइनान्सलाई राष्ट्र बैंकले इजाजत प्रदान गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया